त्रिशूलीमा बेपत्ता भएका सचिवको शव भेटियो

0
192

काठमाडौ, २७ माघ । त्रिशुली नदीमा खसेर बेपत्ता भएका सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव भेटिएको छ । नदीमा डुबेको जिपबाट उहाँको शव निकालिएको प्रहरीले जनाएको छ । बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउने क्रममा शनिबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको हो । ड्राइभर सिटबाट सिट बेल्ट काटेर यादवको शव निकालेकाले जिप सचिवले चलाउँदा दुर्घटनामा परेको पुष्टि भएको प्रहरीले जनाएको छ । जिपमा सवार सचिव यादवका छोरा संजय यादव र अन्य एक किशोरीको भने शव निकाल्न सकिएको छैन। जिप डुबेको ठाउँ निकै साँघुरो र अप्ठ्यारो भएका कारण जिप नदीबाट बाहिर निकाल्न सकिएको छैन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here