थाइल्याण्डमा कार दुर्घटनामा परी १२ जना म्यान्मालीको निधन

0
38

थाइल्याण्ड ,८ मङ्सिर, थाइल्याण्डमा आज भएको कार दुर्घटनामा परी १२ जना म्यान्माली नागरिक र एकजना थाई चालक गरी १३ जनाको ज्यान गएको जनाइएको छ ।म्यानमारका नागरिक थाई भ्रमणमा रहेका बेला सो भ्यान थाइल्याण्डको सिंगबुरी प्रान्तमा दुर्घटनाग्रस्त भएको थियो । उक्त कार ट्रकसँग ठोक्किन पुग्दा त्यसमा रहेका १२ म्यान्माली नागरिक र कार चालक एकजना थाइको ज्यान गएको बताइएको छ ।सो कारका चालक रहेका थाई नागरिक पनि उक्त दुर्घटनामा परी मारिएका छन् । प्रहरीले उक्त दुर्घटनामा परी मारिएकाको पहिचान हुन नसकेको बताएको छ ।
उक्त कारमा पर्यटकका रुपमा थाइल्याण्ड घुम्न आएका नागरिक थिए । सडकमा गुडिरहेको यो कारलाई बिपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।प्रहरीले मारिएका म्यान्मालीको पहिचानका लागि प्रक्रिया सुरु गरेको जनाएको छ । (रासस÷एएफपी)

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here