दक्षिणी सिरियामा द्वन्द्व जारी, विस्थापि हुने बढे

0
49

काठमाण्डौं, २१ असार । दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएका छन् । यस क्षेत्रबाट विस्थापित हुनेहरूको सङ्ख्या बढ्दै गएको बताइएको छ । दुई हप्तायतादेखि सो क्षेत्रमा द्वन्द्व झन बढेको बताइएको छ । संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार सिरियाको प्राय दक्षिणी क्षेत्र द्वन्द्वले आक्रान्त बनेको छ । जसका कारण सो क्षेत्रमा आतङ्ककारीहरुको पनि घुसपैठ भइरहेको छ । यसअघि विगत लामो मसयदेखि यहाँका विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले केही हप्ताअघि कारबाही थालेका थिए । त्यहाँ आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो । सो क्षेत्रमा लामो समयदेखि विद्रोहीको धरपकड रहेको अधिकारीहरुले बताएका थिए । झण्डै दुई हप्तादेखि भइरहेको क्रुरतातापूर्वक हवाई तथा स्थलगत कारबाहीबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । सिरियामा सन् २०११ देखि सुरु भएको हिंसामा परी ४ लाख भन्दा बढी मानिस मारिएका छन् । सो हिंसाका कारण यहाँ ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here