दक्षिण एरियाकै अग्लो झरना प्रचारप्रसारको कमीले ओझेलमा

0
293

तेह्रथुम, १३ साउन । दक्षिण एसियाकै अग्लो तेह्रथुमको ह्यातुङ झरना प्रचार–प्रसार र संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । फेदाप गाउँपालिकाको सम्दु र ईसिवु गाउँको सिमानामा रहेको ह्यातुङ झरनाले प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि सरकारी स्तरबाट प्रचारप्रसार नहुँदा बर्षाैंदेखि ओझेलमा पर्दै आएको छ । ३ सय ६५ मिटर अग्लो स्थानबाट झरेको मनोरम झरना दक्षिण एसियाकै सबैभन्दा अग्लो हो । निजी तथा सरकारी स्तरबाट समेत कुनै प्रचार–प्रसार नभएकाले पर्यटकीय महत्व बोकेको झरना ओझेलमा परेको गुनासो स्थानीयले गरेका छन् । सदरमुकाम म्याङ्लुङबाट करिब एक दिनको पैदल दुरीमा रहेको सो झरनासम्म पुग्न राम्रो सडक सुविधासमेत छैन । झरनासम्म पुग्ने सुविधायुक्त सडक निर्माण र प्रचार प्रसार गर्न स्थानीयले माग गरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here