दक्षिण कोरिया र साउदी अरेबिया विश्वकपका लागि छानिए, एसियाबाट चार टिमको टुंगो

0
30

काठमाडौं, २१ भदौ । दक्षिण कोरिया र साउदी अरेबिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । एसियाली क्षेत्रको छनोटअन्तर्गत गएराति भएका खेलमा विजयी हुँदै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका छन् । योसँगै एसियाबाट सिधै छनोट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए । एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ए को खेलमा गएराति उज्वेकिस्तानसँग गोलरहित बराबरी खेल्दै दक्षिण कोरिया विश्वकपका लागि छानिएको हो । समूह ‘बी’ मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान पक्का र्गयो । साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ ।जापानको २० अंक छ । साउदी अरेबिया पाँचौं पटक विश्वकपका लागि छनोट भएको हो । एसियाली क्षेत्रका अन्य छनोट खेलमा ईरानले सिरियासँग २–२ गोलको बराबरी खेल्यो । अर्काे खेलमा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हरायो । अस्ट्रेलिया र सिरिया एसिया क्षेत्रको प्लेअफका लागि छानिएका छन् । दुई लेगमा हुने उक्त खेलको विजेताले विश्वकप छनोटका लागि अर्काे क्षेत्रको टोलीसँग अन्तिम प्ले अफ् खेल्नेछ । रुसमा अर्काे वर्ष हुने विश्वकपका लागि अहिलेसम्म कुल ८ राष्ट्र छनोट भईसकेका छन् । यसमा साउदी अरेबिया, दक्षिण कोरिया, इरान, जापान, रुस, बेल्जियम, ब्राजिल र मेक्सिको रहेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here