दमकमा एक भूटानी शरणार्थी मृत अवस्थामा फेला

0
189

दमक २५ पुस । झापाको दमकस्थित हम्सेदुम्से सामुदायिक वन नजिकै एक भूटानी शरणार्थी मृत अवस्थामा फेला परेका छन् ।

दमकस्थित बेलडाँगी १ मा रहेको भूटानी शरणार्थी शिबिर हट नम्बर २३६ का ३३ बर्षिय रघुनाथ गुरुङ आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

आज बिहान सडक किनारामा गुरुङको शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको मृत्युको कारण केहि नखुलेको र अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here