दमकमा ओली लक्षित बम प्रहार

0
122

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई लक्षित गरि बम प्रहार भएको छ । उहा प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा बस्दै आएका छन्। । हिजो बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको गाडीको छतमा कार्टुन जस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । प्रमुख ओलीकी पत्नी लिलाका अनुसार, कार्यालयबाट बेलुका ६ बजे घरतर्फ आउने क्रममा मोडमा कसैले शंकास्पद वस्तु राखेएका थिए । फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगिएको बताइएको छ । त्यसलाई आज बिहान नेपाली सेनाका सुरक्षाकर्मीले डिस्पोज गरेका छन् । यस अघि पनि ओली निबासमा बम बिष्फोट भएको थियो । दमकमा झन्डै एक महिना अघि दमक ७ का वार्ड अध्यक्ष भिम पौडेलको घरमा समेत बिष्फोटन भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here