दमकमा निर्माण हुने औद्योगिक क्षेत्रको अध्ययन गर्न चीनया टोली

0
196

 

दमक १३ पुस । झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको अध्ययन गर्न चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरु दमक आईपुगेका छन् ।

चीन नेपाल यू ई इन्डस्ट्रियल पार्क’ निर्माणको समझदारीपत्र –एम ओ यू बारे छलफलका लागि ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको १० सदस्यीय अध्ययन टोली दमक आएको हो ।

गत सोमबार काठमाडौं आईपुगेको सो टोलीले आज दमक नगरपालिका १० मा प्रस्तावित औद्योगिक क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । अनुगमनमा जानुपूर्व दमक नगरपालिकाको कार्यालयमा भएको संक्षिप्त साक्षात्कारमा बोल्दै उपसचिव लिउ रुपेङले दमकमा निर्माण हुन लागेको औधोगिक पार्कले चिन र नेपालको सम्बन्धको पुल भन्दा पनि समग्र नेपालकै समृद्धि हुने बिस्वास लिएको बताउनु भयो ।

औधोगीक पार्क अनुमगन गर्न अहिलेसम्म चारपटक बिभिन्न चिनिया टोली आएको भएपनि यो टोली सबैभन्दा उच्च टोली हो । यो टोलीले अनुगमन गरेपछि दमकमा बन्ने भनिएका औधोगिक पार्कको डिपिआरले चाँडै नै पूर्णता पाउँने निर्माणाधिन दमक क्लिन इन्ड्रस्टिएल पार्कका अध्यक्ष गोबिन्द थापाले जानकारी दिनु भयो । दमकमा २२ सय बिगाहा क्षेत्रफलमा चीनले औद्योगिक पार्क निर्माण गरिदिने प्रारम्भिक समझदारी भइसकेको छ ।

तर अहिले ५ सय ५२ बिगाहा मात्र जमिन प्राप्त भएको र बाँकि जमिन प्राप्तिका लागि समेत प्रक्रिया चलिरहेको दमक नगरपालिकाका कार्यकारी अधिकृत यूवराज दाहालले जानारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here