दमक रनकाे सहयाेगमा राई सगरमाथाको आधार शिविर प्रस्थान

0
36
झापा, ५ जेठ । झापा दमक रनका धावक याङ्गदेव राई सगरमाथाको आधार शिविरमा हुने अन्तराष्ट्रिय स्तरको एभरेष्ट म्याराथुन दौडमा भाग लिन आज शिविर प्रस्थान गरेका छन् ।याङ्गदेवलाई आज एक कार्यक्रमको आयोजना गरी दमक रन समुहले विदाई गरेको छ । जेठ १५ गते हुने म्याराथुन दौडमा सहभागी हुन याङ्गदेवलाई रन समुहले नगद ३० हजार रुपैयाँ सहित  आवश्यक सामानहरु पनि सहयोग गरेको छ । धावक याङ्गदेवलाई समुहका कार्यबाहक अध्यक्ष दिवश राईसहितको समूहले रकम र सामाग्री हस्तान्तरण गरेको हो । सामाग्री हस्तान्तरणपछि समुहका कार्यबाहक अध्यक्ष राईले याङ्गदेवलाई सफलताको शुभकामना दिँदै ओझेलमा परेका प्रतिभालाई उचित स्थानमा पुर्याउन सहयोग गरिरहेको पनि बताउनुभयो । प्रतियोगितामा याङ्गदेवले ४२ किलोमिटरको म्याराथुनमा प्रतिष्पर्धा गर्ने समुहले जनाएको छ । सो प्रतियोगितामा देश–विदेशका करीब २ सय भन्दा धेरै धावक सहभागी हुने बताइएको छ । दमक रन समुहको सहयोगमा उत्पादन भएका धावक याङ्गदेव २०६९ सालदेखि बिभिन्न प्रतियोगितामा सहभागी हुदै हाल सम्ममा २५ बढी प्रतियोगितामा विजयी भएका छन् ।

Comments

comments

LEAVE A REPLY