दलाई लामाको बिरोधमा हस्ताक्षर अभियान

0
38

विराटनगर, १३ मंसिर । तिब्बती धार्मिक नेता दलाई लामाले केहीदिन अघि बुद्ध भारतमा जन्मिएका हुन भनि दिएको अभिब्यत्तिको मोरङ बेलबारीका युवाहरुले विरोध गरेका छन् । “बुद्ध नेपालमा जन्मिएका हुन” भन्दै उनीहरुले चित्रकला प्रस्तुति तथा हस्ताक्षर अभियान शुरु गरेका छन् । बुधबार बेलबारी १ स्थित मालपौत चौकमा कोशी नेपाल मिडिया,बेलबारी बास्केटबल क्लब तथा बेलबारीका युवाहरुले सामुहिक कार्यक्रम गरी दलाई लामा र भारतीय नेताहरुले पटक पटक बुद्ध भारतमा जन्मिएका हुन् भनेर दिएको अभिब्यक्तिको खुलेर विरोध गरे । कार्यक्रममा शिक्षासेवी दिलप्रसाद राईले यस्ता अभिव्यक्ति दिएर नेपालका विरुद्धमा धावा बोल्ने काम भइरहेको बताउनु भयो । आदिबासी जनजाति नेता तिलक राईले नेपालको स्वतन्त्रता र सार्बभौमसत्ता बिरुद्ध कसैले दिएको अभिब्यत्ति आफूहरुलाई स्वीकार्य नहुने बताउनु भयो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली लगायतले भारतको हस्तेक्षेपकारी नीति र लामाको गलत अभिब्यत्तिको बिरोध गर्नु भएको छ । लामाको बिभेदकारी नीति बिरुद्ध आफुहरु चुप लागेर नबस्ने र यस्ता हर्कतका बिरुद्ध आफुहरु आवाज बुलन्द गर्नका लागी कार्यक्रम आयोजना गरिएको आयोजक कोशी नेपालका खनेन्द्र कुमार राई (अर्जुन) ले बताउनु भयो । कार्यक्रममा बुद्ध नेपालमा जन्मिएका हुन भन्ने देखाउन चित्रकारहरुले चित्र मार्फत सो कुराको पुष्टि गरेको र बुद्ध नेपालमा जन्मिएका हुन भनी हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको उहाँले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here