दशैंको मुखमा घरमै सामाजिक सुरक्षा भत्ता

0
59

विराटनगर, असोज ११ । विराटनगर महानगरपालिकाले वडा कार्यालयहरुबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । जनप्रतिनिधिहरुले दसैंको मुखमा घरमै आएर सामाजिक सुरक्षा भत्ता प्रदान गरेपछि यहाँका जेष्ठ नागरिकलाई भत्ता पाउन सहज भएको छ । वाणिज्य बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता विराटनगर महानगरपालिकाले वडा कार्यालयमार्फत वितरण गरेको हो ।त्यसमा पनि ९० वर्षमाथिका र भत्ता लिँदै आएका अशक्तहरुलाई जनप्रतिनिधिमार्फत घर–घरमै भत्ता र्पुयाउने व्यवस्था मिलाइएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले नगरका ९० वर्षभन्दामाथिका जेष्ठ नागरिकलाई घरमै गएर भत्ता प्रदान गरेका छन् । महानगरपालिका कार्यालयले ९० वर्षभन्दामाथिका जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तामा थप एक हजार रुपैयाँ थपेर दिएको छ । महानगरपालिकाका ९० वर्षभन्दामाथिका ८३ जना जेष्ठ नागरिकले थप मासिक एक हजार भत्ता पाएका छन

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here