दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुदैछ’

0
65

काठमाडौँ,२० असार । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताउनुभएको छ ।यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उहाँले बताउनुभएको छ । उहाँले यसका लागि दक्षिण कोरिया ‘लचिलो’ बन्नु परेपनि तयार छ भन्नुभयो ।सोलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै काङले भन्नुभयो, “शान्ति सम्झौताको मध्यस्थता तथा कार्यान्वयन गर्ने आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढिएको छ, वातावरण निकै सकारात्मक छ ।”दक्षिण कोरियाली समाचार संस्थाका अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको परामर्श र उत्तर कोरियाली नेतासँगको शिखर बैठकपछि अमेरिकी प्रशासनले पनि १९५०–५३ मा दुई कोरियाबीच भएको युद्धको औपचारिक अन्त्यका लागि सहयोग गर्ने उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “हुनत दुवै कोरियाले औपचारिकरुपमा युद्धअन्त्यको घोषणा गरिसकेका छन् तर पनि यो घोषणालाई दिगो बनाउन बाँकी छ र त्यो काम पनि हामी पूरा गर्नेछौँ ।”राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ तारिखका दिन पहिलो पटक सिङ्गापुरमा शिखर वार्ता भएको थियो । सो वार्तापछि उत्तर कोरिया पनि कोरियाली प्रायद्वीपमा दिगो शान्तिका लागि सकारात्मक भएको पाइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here