दुई जना पत्रकार पुरस्कृत

विराटनगर, ३ असोज । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच आज विराटनगरमा भर्चुअल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो ।

पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र न्युज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई जुममार्फत पुरस्कार वितरण गरिएको हो । पुरस्कारकोरको राशि जनही १५ हजार रहेको छ ।

विगतमा युनियनको स्थापना दिवसको सन्दर्भ पारेर गरिंदै आएकोमा यो पटक भर्चुअल रुपमा नै कार्यक्रम गरी पुरस्कारको राशि अनलाइन बैंककिङ प्रणाली(आईपीएस) मार्फत पुरस्कृत पत्रकारको खातामा पठाइएको र सम्मान पत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विगत ५ वर्षदेखि वितरण हुँदै आएको यस पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापना गर्न पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि, विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुइँटेल, सुशीला पाठक, रञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाईलगायत पुरस्कृत भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button