फरक फरक ठाउमा भएको दुरघटनामा दुईको मृत्यु ,दुई घाईते

0
36

उदयपुर, जेष्ठ ३० गते । उदयपुरको त्रियुगा नगरपालिकामा गएराती दुइ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन । मृत्यु हुनेमा स ७ प ८८०० नम्बरको मोटरसाइकलका चालक सिरहा लहान नगरपालिका १६ बस्ने बस्ने वर्ष ३५ का राजकुमार खड्काको उपचारकाक्रममा सप्तऋषि हस्पिटल लहानमा मृत्यु भएको छ । त्यस्तै अर्का मोटरसाइकल बा ६८ प ३६४४ नम्बरको मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका १० बस्ने बर्ष २५ का सन्तोष मगर र पछाडी सवार सोही नगरपालिका १० बस्ने बर्ष ३० का बिनोद राई गम्भीर घाइते भएका छन। घाइते दुबै जनाको सोही हस्पिटलमा उपचार भईरहेको छ। गाईघाटबाट कदमाहा जादै गरेको दुई वटा मोटरसाइकल राती ८ बजे त्रियुगा नगरपालिका ६ लालपत्तामा ठक्कर लाग्दा दुर्घटना भएको थियो। यता उदयपुर बेलका नगरपालिका ८ स्थित सशस्त्र बेशक्याम्प अगाडी स ४ प ५४८१ नम्बरको मोटरसाइकलले बेलका नगरपालिका ८ सेतीखोला बस्ने मानबहादुर राईको छोरा १३ वर्षीय बिजय राईलाई ठक्कर दिएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बालकको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ। ठक्कर दिने मोटरसाइकलका चालक उदयपुर बेलका नगरपालिका ९ बस्ने साजन राई फरार भएकाले प्रहरीबाट खोजी भईरहेको छ।
त्यसैगरी
पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ ।सो दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख ९८८ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।दुर्घटनाग्रस्त ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here