दुई स्थानमा सवारी दुर्घटना ३ घाईते

0
68

बिराटनगर भाद्र १३ गते,सप्तरी र सुनसरी जिल्लामा सोमबार साँझ छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जना घाईते भएका छन्। सप्तरी बोदेवरसाईन–६ मा ज १ प ३७२६ नम्बरको मोटरसाईकललाई बिपरित दिसाबाट जाँदै गरेको स १ प ८६६७ नम्बरको मोटरसाईकलको ठक्कर दिँदा २ जना घाईते भएका छन्। घाईते हुनेमा ३७२६ नम्बरको मोटरसाईकल चालक बोदेवरसाईन ६ बस्ने बर्ष २३ को संजिब चौधरीको र पछाडि सवार निजकै बहिनि बर्ष १६ कि किरण चौधरी घाईते भएका हुन्। ठक्करबाट घाईते दुबै जनाको बिराटनगर न्युरो अस्पतालमा उपचार भईरहेको छ। ठक्कर दिने मोटरसाईकल तत्काल फरार रहेकोले खोजी भईरहेको इलाका प्रहरी कार्यालय बोदेवरसाईनले जनाएको छ। त्यस्तै सुनसरीको धरान उप–महानगरपालिका ७ शान्ति पथमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन्। शान्ति पथबाट भानुचौक जाँदै गरेको को१६ प ३८०८ नम्बरको स्कुटरको ठक्करबाट पैदल यात्री धरान ३ बस्ने सुर्य नारायण पोदारको छोरा बर्ष १० को अमन पोदार घाईते भएका हुन्। घाईते बालकको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ भने चालक फरार रहेकोले खोजी भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
……………………..

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here