दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

0
91

विराटनगर, २२ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका २ मा गयराति मारुती भ्यान र मोटरसाइकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च १२६३ नम्बरको मारुती भ्यान र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ९ प ८८१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बेलबारी ३ का २५ वर्षीय संजोग लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताउनु भयो । उहाँका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेलबारी ३ का २१ वर्षीय रन्जित घले र भ्यानमा सवार महोत्तरी जलेश्वर घर भएका सुनसरी तरहरा कृषि अनुसन्धान केन्द्रका प्रमुख ५९ वर्षीय सुरेन्द्र प्रसाद घाइते भएका छन् । घलेको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुरेन्द्रको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । भ्यानका चालक झापा कन्काई नगरपालिका ४ का ताराबहादुर कोइरालालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here