Tune to BFM 91.2|Biratnagar

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाण्डौं, ३० असार । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ । भोली दिउँसो दुई बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकस्थल भने तय भइसकेको उहाँले बताउनुभयो । म

ुख्यसचिव पौडेलले महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठन र सरकारका कामकारवाहीबारे छलफल हुने बताउनुभयो । कांग्रेस सभापति देउवा मंगलबार प्रधानमन्त्री नियुक्त हुनु भएको हो । देउवाले पहिलो चरणमा चार जना मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री चयनका बारेमा पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ । त्यस्तै भदौ दोस्रो साताका लागि तोकिएको कांग्रेस महाधिवेशनको तयारीका बारेमा पनि बैठकमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको निर्वाचन समितिले महाधिवेशनका लागि तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुनेछ ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६–१९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका तय गरिएको छ । केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिले सदस्यता टुंग्याउने काम अन्तिम चरणमा पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button