देश संघीयतामा गए पनि प्रदेश र स्थानीय तहमा कानुन नबन्दा खेलकुद क्षेत्र समेत प्रभावित

0
137

१८ असार ः देश संघीयतामा गए पनि प्रदेश र स्थानीय तहमा कानुन नबन्दा खेलकुद क्षेत्र समेत प्रभावित बनेको अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनु भएको छ ।शेर्पाले एन्फा सुनसरीले आयोजना गरेको सुनसरी जिल्लाभरिका विद्यालय स्तरीय फुटबल प्रतियोगिताको अवलोकन गर्ने क्रममा यस्तो बताउनुभएको हो ।तीन चरणको निर्वाचन सम्पन्नसंगै मुलुकले स्थायित्व पाएको बताउदै अब खेलकुदले पनि हरेक क्षेत्रमा विकास गर्नुे बताउनुभयो । चैत्र १४ गते भएको निर्वाचनपश्चात अध्यक्षको कार्यभार सम्हालेपछि पहिलो पटक पूर्वाञ्चलको धरानमा आउनु भएका उहाले विगतमा एन्फामा समेत राजनीति हावी बताउदै एन्फालाई राजनीतिकरणबाट जोगाउदै फुटबल खेलको विकासमा लाग्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै एन्फाका मानार्थ उपाध्यक्ष एवम् धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले लामाको धरान आगवनपश्चात लामो समयदेखि बन्द भएको एन्फा टेक्निकल सेन्टर पुन सञ्चालन आउने विश्वास व्यक्त गर्नुभयो ।शनिवारदेखि अखिल नेपाल फुटबल सघ (एन्फा) सुनसरीको आयोजनामा जिल्ला व्यापी विद्यालय स्तरीय प्रतियोगिता धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा भइरहेको छ । सो प्रतियोगिताको समेत अध्यक्ष शेर्पाले अवलोकन गर्नुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here