दोषीलाई कार्वाही हुन्छ ः मन्त्री

0
97

विराटनगर, २३ साउन । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा दोषी देखिएकालाई कारवाही हुने बताउनु भएको छ । प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले कारवाहीका लागि सबैबाट सहयोग प्राप्त भएको बताउनु भयो । मण्डलले जग्गा खरिद प्रकरणमा लेखा समितिले कारबाहीको लागि निर्देशन दिइसकेको एवं अर्थसमिति र संसदीय समितिले छानविन गरिरहेकाले आपूर्ति मन्त्रालयले छानविन समिति बनाई रहन आवश्यक नभएको स्पष्ट पार्नु भयो । उहाँले चितवन र सर्लाहीको जग्गा एउटै ठेकेदारले चलन चल्तीको स्थानीय मूल्यभन्दा धेरै बढाएर जग्गा खरिद गरी कागज पत्र पनि मिलाउनुले कतै न कतै समस्या रहेको आंशका गरिएको बताउनु भयो । मण्डलले अत्यावश्यक वस्तुको कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही गर्न कानुन संशोधनको तयारी भइरहेको जानकारी दिनु भयो । उहाँले कानुन मिलाएर कलोबजारी गर्नेलाई कडा दण्ड र सजायको व्यवस्था गरिने बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here