दोस्रो पटक चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत हुँदै

0
128

सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक आज संसदमा पेस गर्दैछ । शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आजको बैठकमा पेस गर्नुहुनेछ । राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले पुनः नयाँ प्रक्रियाबाट नयाँ विधेयक अघि बढाएको हो । दिउँसो एक बजेका लागि बोलाईएको बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले दर्ता गराउनु भएको बिरोधको सूचना समेत निणयार्थ प्रस्तुत हुनेछ । डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा अनशनरत हुनुहुन्छ । तर, सरकारले परिमार्जनसहित विधेयक अघि बढाएको छ । काठमाडौं उपत्यकाभित्र पनि मेडिकल कलेज खोल्न पाउने, अस्पताल खोल्नेबित्तिकै मेडिकल कलेज सञ्चालन अनुमति पाउनेलगायत व्यवस्था विधेयकमा छ । संसद्मा विधेयक पेस गरेपछि यसमाथि सैद्धान्तिक बहस हुनेछ भने सांसदहरूले संशोधन दर्ता गराउनसमेत सक्नेछन् । बैठकमा अर्थमन्त्री युवराज खतिवडाले लेखापरीक्षण विधेयक २०७५ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here