Tune to BFM 91.2|Biratnagar

धनकुटामा निशेधाज्ञाको समय थपियो

विराटनगर, ११ भदौ । धनकुटामा निशेधाज्ञाको समय थप गरिएको छ । आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर ( सिसिएमसि) को बैठकले निशेधाज्ञाको समय पुन एक हप्ता थप्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा धनकुटामा पनि जोखिम कायमै रहेकाले १७ गते सम्मका लागी निशेधाज्ञा थप गरीएको प्रमुख जिल्ला अधिकारी केशब प्रसाद बिमलीले बताउनुभयो ।

यसअघि गत भदौ ५ गते देखि जारी निशेधाज्ञाको समय आज सकिदैँ छ । आज बसेको बैठकले निशेधाज्ञालाई केहि खुकुलो गर्दै ब्युटिपार्लर, सैलुन, होटल तथा रेष्टुरेन्टहरु बाहेक अन्य पसलहरु बिहान ७ देखि १० बजे सम्म र बेलकी ३ बजे देखि ५ बजे सम्म लाई खल्ला गर्न पाउने निर्णय बैठकले गरेको छ ।

साथै तराईका जिल्लाबाट पहाडी जिल्ला प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button