धनकुटामा भाइरलजन्य रोगका बिरामी बढे

0
51


धनकुटा, साउन २७ । धनकुटामा भाइरलजन्य रोगका बिरामी बढेका छन् । जिल्ला अस्पताल धनकुटामा मात्र दैनिक २ सयको हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका छन् । केही दिनअघिसम्म सामान्यतः दिनहुँ ८० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्ला दिनमा बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । ज्वरो, निमोनिया, दम, श्वासप्रश्वास र झाडापखालाका बिरामी बढेको अस्पतालले जनाएको हो । जिल्ला अस्पतालबाहेकका ग्रामिण स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्लाभर दैनिक एक हजारको हाराहारीमा बिरामी उपचारका लागि जाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मदनकुमार उपाध्यायले जानकारी दिए । मौसम परिवर्तन, दूषित पानी तथा खानाका कारण बिरामीको संख्या बढेको जनाइएको छ । सरसफाईमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here