धनकुटामा ६७ वटा अपाङ्ग मैत्री मतदान केन्द्र,

0
48

धनकुटा, मंसिर २० । धनकुटामा अपाङ्गता भएका ब्यक्तिलाई मतदानमा सजिलो पार्न ६७ वटा अपाङ्ग–मैत्री मतदान केन्द्र बनाइएको बताइएको छ । अपाङ्गता भएकै कारण धेरै मतदाता बन्चित हुन परेको गुनासो आएपछि केन्द्र अपाङ्ग मैत्री बनाइएको निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले जानकारी दिए । जिल्लामा १ सय १७ वटा मतदान स्थलअन्तर्गत १ सय ५३ वटा मतदान केन्द्र छ । एक लाख ५ हजार १ सय ८८ जना मतदाता रहेको धनकुटामा १ सय ७३ जना अपाङ्गता भएका मतदाता रहेको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ । त्यसैगरी पहिलो चरणमा निर्वाचनसम्पन्न भएको ताप्लेजुङमा मतगणनाका लागि सुरक्षा व्यवस्था कडा बनाईएको छ । सुरक्षा संवेदनशिलतालाई ख्याल गरी सदरमुकाममा सुरक्षा व्यवस्था कडा बनाउनुको साथै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामरा राखिएको छ । मतगणना स्थलमा थप तारबार गरिएको छ । मतगणनाको समयमा राजनीतिक दल र अरु व्यक्तिले दखल दिन नसकून् भनेर गणना स्थलमा काठको फ्रेममा प्लाष्टिकको डोरी प्रयोग गरी बार लगाईएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । बार बाहिर दलका प्रतिनिधि रहने र भित्र मतगणना गरिने छ । राजनीतिक दलका प्रतिनिधिसँगै उनिहरुलाई निगरानी गर्न सुरक्षाकर्मी पनि राखिने छ । मंसिर १० मा भएको मतदानको बिहीबार साँझ ५ बजेबाट मतगणना थालिने छ । गणना चारवटा कोठामा गरिने, प्रदेश र प्रतिनिधि सभाको एकैपटक गणना गरिने कार्कीले बताए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here