Tune to BFM 91.2|Biratnagar

धनपालथान गाउपालिकामा जिल्ला स्तरिय युवा रेडक्रस सर्कल गोष्ठि

विराटनगर, १५ फागुन । प्रदेस नं. १ का उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले मानविय सेवामा समर्पित रेडक्रसल समाजिक कार्यमा गरेको सेवा सरार्हनिय रहेको वताउनु भएको छ । मोरङको धनपालथान गाउपालिकामा आज आयोजित जिल्ला स्तरिय युवा रेडक्रस सर्कल गोष्ठिको उद्घाटन गर्नुहुदै उहाले रेडक्रसले निस्वार्थ रुपमा काम गरिरहेको वताउनुभयो ।

राज्यमंत्री विश्वासले संघियता कार्यान्वयकालागी तिनै तहको सरकार विच समन्वय र सहकार्यका साथ अघि वढिरहेको वताउनुभयो । उहाले प्रदेस सरकारले पर्यटनक्षेत्रको विकासका लागी प्रदेशका सवै स्थानियतहमा पर्यटयिक स्थल निमार्णगर्न प्रदेश सरकारले ७ करोड रुपैया विनियोजित गरेको वताउनुभयो ।

उहाले प्रदेस सरकारले विद्यालयको विकासका लागी सवै विद्यालयमा विज्ञान प्रयोगशाला, स्वच्छ खानेपानिको व्यवस्था गर्नुका साथै ५६ वटा निर्वाचनक्षेत्रमा २० किलोमिटर कालोपत्रे सडक निमार्णगर्ने योजना समेत अघि वढाएको वताउनुभयो ।

कार्यक्रमा वोल्दै प्रदेस सभासद् ज्ञानेश्वर राजवंशी, प्रदेस न १ रेडक्रस सोसाइटिका महासचिव ऋषिकेस कोइराला, रेडक्रस मोरङका सभापती सुवोधकुमार सिंह, रेडक्रस मोरङका मंत्री सुकदेव मण्डल तथा धनपालथान गाउपालिकाका उपाध्यक्ष नसिमा वानोले रेडक्रसको भुमिका र महत्वमाथी प्रकाश पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button