Tune to BFM 91.2|Biratnagar

धरानका कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर, १९ असोज । धरानका कोरोना भाइरस संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ का ५५ वर्षीय पुरुषको आज बिहान ६ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनु भयो ।

उपचारका लागि बीपीमै भर्ना गरिएका पुरुषमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा गत शुक्रबार कोरोनो संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनलाई बीपीकै आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि बचाउन नसकिएको डा. श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार मृतकमा मृगौला र उच्च रक्ताचाप सम्बन्धी पुरोनै समस्या थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button