Tune to BFM 91.2|Biratnagar

धरानको कोभिड अस्पतालमा अर्का संक्रमितको मृत्यु

विराटनगर ३१ भदौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको आज बिहान ६ बजे मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार भदौ २८ गते कोरोना पोजेटिभ देखिएका उनलाई स्वास्थ्यमा समस्या बढेपछि हिजो प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए ।हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको समस्या पनि थियो ।

योसगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ । तीमध्ये १४ जना प्रदेश २ का छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button