धरानको मतगणना जारी

0
107

इटहरी, २३ असार । सुनसरीको धरान उपमहानगरपालिकामा दुई दिनसम्म मतगणना हुन नसकेपछि लामो बहस र छलफलले राजनीतिक सहमति बनेपछि मतगणना सुरु भएको छ ।
पछिल्लो सार्वजनिक नतिजानुसार नेकपा (एमाले)का प्रमुखका उम्मेदवार तारा सुब्बा आठ हजार ७७२ तथा उपप्रमुखका उम्मेदवार मञ्जु भण्डारीले नौ हजार ३४५ ल्याई अग्रता कायम गरिरहनुभएको छ ।त्यस्तै नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार तिलक राई सात हजार ४९४ तथा उपप्रमुखकी उम्मेदवार श्यामा रेग्मीले सात हजार २६६ मत ल्याई नेकपा (एमाले)लाई पछ्याइरहनुभएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here