धरानबाट लागुऔषध खैरोहिरोईन र नाइट्रोसनसहित दुई पक्राउ

0
278

सुनसरीको धरानबाट प्रहरीले ६.७ मिलीग्राम लागुऔषध खैरोहिरोईन र ११० पिस नाइट्रोसन ट्याब्लेटसहित दुइ जनालाई पक्राउ गरेका छन। पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका १ बस्ने बिजय राई र धरान–८ बस्ने बर्ष २३ को नबिन खडका रहेका छन। दुबै जनालाई अस्थायी प्रहरी पोष्ट तिनकुनेका प्रहरीले धरान–८ तिनकुने चौकबाट बिहिबार साँझ पक्राउ गरेका हुन। दुबै जना विराटनगरबाट आउने बसमा धरान आउदै थिए । दुबैलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here