धरानमा विदेशबाट आएका व्यक्तिको विवरण संकलन सुरु

बिराटनगर १४ चैत, । सुनसरीको धरानमा विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि विदेशबाट आएका व्यक्तिको विवरण संकलन सुरु गरिएको छ ।

गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको बताएको छ । प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिरहेका छन ।

हालसम्म धरानमा ६४ जना विदेशबाट आएको विवरण संकलन भएको उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिनुभयो । उनीहरुलाई उपमहानगरपालिकाको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको बताईएको छ ।

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै सङ्क्रमित युवती चढेकै हवाईजहाजमा आउनेमा धरानका पनि दुई जना फेला परेका थिए । उनीहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशङ्कर साहका अनुसार प्रतिष्ठानको सम्पर्कमा आएका १० बिमारीमध्ये ६ जनालाई होम क्वारेन्टाइनमा बस्न पठाइएको छ भने ६ जनालाई प्रतिष्ठानको आइसोलेशन वार्डमा राखिएको छ ।

पाँच जनाको थ्रोट स्वाब लिएर काठमाण्डौ स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाइएको तर रिपोर्ट आइनपुगेको निर्देशक साहले जानकारी दिनुभएको छ । उता काठमाण्डौमा पनि फागुन १८ गते पछि विदेशबाट फर्किने काठमाडौंका सबै नागरिकको काठमाडौं महानगरपालिकाले अभिलेख राख्ने भएको छ ।

महानगरले सबै वडा कार्यालयहरुलाई परिपत्र गर्दै विदेशबाट काडमाढौं फर्कनेहरुको अभिलेख राख्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *