धारिलो हतियार प्रहारबाट दुई जना घाईते

0
51

विराटनगर, १७ असोज । मोरङको पथरीशनिश्चरे नगरपालिका– ७ मा गएराती छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । लिङ्गे पिङ खेल्ने क्रममा बिवाद हुदा पिङ खेल्न आएका अपरिचित ३०÷३५ जनाको समुहले सोही स्थान बस्ने भोला थापाको २० बर्षिय छोरा मदन थापामगरलाई राती १२ ः १५ बजे छुरा प्रहार गरेको स्थानियबासीले बताएका छन् । छुरा प्रहारबाट घाइते मगरलाई उपचारका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । छुरा प्रहार गर्ने समुहको खोजी भइरेहको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । यस्तै मोरङकै बुढीगंगा गाउँपालिका–२ गंगा चौक बस्ने १९ बर्षिय राकेशकुमार झा खुकुरी प्रहारबाट घाइते भएका छन् । उनलाई सोही ठाउँका १८ बर्षिय सुमितकुमार झाले सामान्य विवाद हुदा साँझ ७ बजेतिर खुकुरी प्रहार गरेका थिए । घाइते राकेशको बिराट मेडिकल कलेजमा उपचार भइरेहको छ भने खुकुरी प्रहार गर्ने सुमितलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here