धारिलो हतियार प्रहार गरी पतिको हत्या

0
268

ताप्लेजुङ, जेष्ठ ३१ गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाले आफ्नै पतिको हत्या गरी फरार भएका छन। फक्तालुङ गाउँपालिका ६ बस्ने अन्दाजी २३ वर्षीया शर्मिला लिम्बुलाई घाँटीमा धारिलो हतियारले प्रहार गरी आफ्नै पति वर्ष २४ का दुर्गा लिम्बुको हत्या गरी फरार भएको भन्ने जानकारी प्राप्त भएको हो। घटना सम्बन्धमा स्थानीयले बुधबार बिहान ६ बजे प्रहरी चौकी तापेथोकमा टेलिफोन मार्फत जानकारी गराएपछि घटनास्थलमा प्रहरीको टोली खटि गएको छ। घटनास्थल पुग्न तापेथोकबाट तीन घण्टा पैदल लाग्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
यता सुनसरी बराह नगरपालिका १ स्थित सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा एक पुरुषको शव फेला परेको छ। नहर किनारमा स्थानीयले अन्दाजी २५–३० वर्षका पुरुष मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको नामथर, वतन खुल्न सकेको छैन। घटना बारेमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएका टोलीबाट अनुसन्धान कार्य भईरहेको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here