धार्मिक गुरु श्री निवासाचार्य विरुद्ध हातहितयार तथा खरखजना मुद्दा दर्ता

0
282

विराटनगर, २५ बैशाख । आफ्नै निर्देशनमा आफैँलाई गोली हान्न लगाएको अभियोगमा पक्राउ परेका हिन्दु धर्मगुरु श्री निवासाचार्य विरुद्ध प्रहरीले हातहितयार खरखजना मुद्दामा अनुसन्धान अघि बढाएको छ । उक्त मुद्धा चलाउनका लागि आज जिल्ला प्रशासन कार्यालय मोरङबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । हिजो उनलाई काठमाडौंबाट पक्राउ गरिएको थियो । देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको थियो । प्रहरीले लामो अनुसन्धानपछि श्री निवासाचार्यलाई गोली हान्ने र पेस्तोल उपलब्ध गराउनेलाई पनि पक्राउ गरिसकेको छ । गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल आसपासको क्षेत्रबाट हिजो पक्राउ गरेको थियो । उनकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले हिजो सार्वजनिक गरेको थियो । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि मूख्य बाचकका रुपमा आएका बाराको सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेसको आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो । श्रीनिवासाचार्यकै योजनामा चितवनको भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरीले करिब पाँच मिटरको दुरीबाट पाखुरामा लाग्ने गरी गोली हानेका थिए । त्यसैगरी गोली हान्न प्रयोग गरिएको पेस्तोल भने श्रीनिवासाचार्यका विश्वासपात्र नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीले उपलब्ध गराएको पनि खुलेको छ । चौधरी र अधिकारीलाई प्रहरीले ज्यान मार्ने उद्योगको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here