नगर भित्रका खाल्डा खुल्डी पुर्ने काम करिव सकियो

0
1268

विराटनगर २१ साउन । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले नगर भित्रका खाल्डा खुल्डी पुर्ने काम करिव सकिएको बताउनु भएको छ । महानगर भित्रका मुख्य समस्याहरुलाई प्राथमिकीकरण गरि काम गरिरहेको उहाँले बताउनुभयो । विराटनगरमा ढल, नाला र खाल्डाखुल्डीको समस्या धेरै भएकाले अहिले यीनै समस्या समाधान तर्फ लागेको उहाँको भनाई छ । लिड इन्टरनेशनलको आयोजनामा आज विराटनगरमा ‘मेयरसँगको अन्र्तक्रिया’ कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । मेयर पराजुलीले ह निर्वाचित भएको एक सय दिन भित्रमा नगरका सवै खाल्डाखुल्डी पुरि सक्ने आफ्नो कार्ययोजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘आगामी ३ वर्षभित्रमा चालु अवस्थामा रहेका सम्पूर्ण भौतिक पूर्वाधारका काम सम्पन्न गर्ने छु ।’ महानगरपालिका भित्र समस्याको चाङ धेरै रहेको भन्दै उहाँले क्रमैसँग सबै समस्या समाधान गर्दै लैजाने दृढता व्यक्त गर्नुभयो । सेवाग्राहीका आज हुने कामलाई भोली नभन्न निर्देशन दिइएको समेत उहाँले बताउनु भएको छ । महानगरपालिका भित्रका कुनैपनि कर्मचारीले अनियमितता गरेको पाइएमा तत्कालै कारवाही गर्ने समेत उहाँको भनाई छ । मेयर पराजुलीले विराटनगरका दुईवटा सरकारी विद्यालयलाई नमूना विद्यालय बनाउने समेत बताउनुभयो । उहाँले भन्नुभयो,‘दुईवटा सरकारी विद्यालयमा मन्टेश्वरी देखि उच्च मा.वि. सम्म अंग्रेजी माध्यममा पठन पाठन गर्ने गरि काम अघि बढाईने छ ।’ २० वर्षदेखि जनप्रतिनिधि नहुँदा नगरवासीले धेरै समस्या भोग्नु परेको भन्दै उहाँले अव निराश नहुन आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण वीएफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले गर्नुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here