नयाँ सरकार गठन र पार्टी एकताको विषयमा छलफल हुदै

0
318

काठमान्डौँ , पुस ९ – सरकार गठन र पार्टी एकताको विषयमा छलफल गर्न एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक बस्दैछ । हिजोका लागि तय गरिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अनुपस्थितिका कारण बस्न सकेको थिएन ।आज एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित दुवै पार्टीको शीर्ष नेताहरुको बैठक बस्न लागेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सरकार गठनसँगै राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयकका विषयमा समेत छलफल हुनेछ ।राष्ट्रिय सभामा एकल संक्रमणीय वा बहुमतिय कुन बाटोबाट अघि बढ्ने भन्नेमा कम्युनिष्ट गठबन्धनबीच एउटै धारणा बनाएर कांग्रेस र अन्य राष्ट्रिय दलसँग छलफल गर्ने तयारी भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक मनहरी तिमल्सिनाले बताउनुभयो । एमालेले बहुमतिय प्रणालीबाट अघि बढ्नुपर्ने बताइरहँदा नेपाली कांग्रेस एकल संक्रमणिय प्रणालीबाट अघि बढ्ने पक्षमा छ ।कांग्रेस एमाले दुबैलाई मान्य हुनेगरी सहमति जुटाउने पक्षमा माओवादी केन्द्र रहेको र त्यसै अनुसार नेताहरुले गृहकार्य गरिरहेका तिमल्सेनाले बताउनुभयो । राष्ट्रियसभा गठनको विषय टुंगिएपछि सरकार गठनको प्रक्रिया पनि अघि बढ्ने माओवादी स्रोतले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here