नवनिर्मित भवनको उद्घाटन

0
28

विराटनगर, १६ मंसिर । विराटनगर–१३ सैनिक टोलस्थित सौगात बचत तथा सहकारी संस्था लिमिटटेडको नवनिर्मित भवनको आज एक समारोहका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटनसँगै २०६५ सालमा स्थापित सहकारीले आफ्नै भवनबाट सेवासमेत सुरु गरेको छ । नवनिर्मित भवनको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो । १५ कठ्ठा जग्गामा निर्मित भवन निर्माण गर्न ४३ लाख ६४ हजार रुपैयाँ लगानी भएको संस्थाका अध्यक्ष छत्रबहादुर तामाङले जानकारी दिनुभयो । ९ सयभन्दा बढी साधारण सदस्य रहेको सहकारीले विभिन्न सामाजिक कामसमेत गर्दै आएको छ । गत वैशाखदेखि निर्माण सुरु गरिएको भवन भूकम्पमैत्री भएको संस्थाका लेखा समिति संयोजक अनुपकुमार स्याङबोले बताउनुभयो । कार्यक्रममा भवन निर्माण समितिका संयोजक दानबहादुर राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कमल लामा तामाङ, सचिव बद्री न्यौपाने, वडा नम्बर १३ का अध्यक्ष झरीलाल महतोलगायतले सहकारीकको महत्वका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here