नागरिकताको अधिकार सम्बन्धी छलफल
विराटनगर, ९ पुस । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले विराटनगरमा नागरिकता सम्बन्धि अन्र्तक्रिया गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरूले संविधानले नागरिकतासम्बन्धी व्यवस्था गरे पनि सहजरूपमा नागरिकता बनाउन सक्ने अवस्था नरहेको बताए ।
कार्यपत्र प्रस्तुत गर्दै समीर श्रेष्ठले संविधानले नागरिकतासम्बन्धी व्यवस्था गरे पनि कानुन नबन्दा धेरै व्यक्ति नागरिकताविहीन भएको बताउनुभयो । उहाँले आमाको नाममा नागरिकता बनाउन पनि समस्या भएको हुँदा धेरै नागरिक अनागरिक नै रहनुपरेको गुनासो गर्नुभयो ।
महिलाको नामबाट नागरिकता बनाउन नपाउँदा उमेर पुगेका धेरै युवायुवती अवसरबाट वञ्चित हुनपरेको अधिकारकर्मी निलम ढुङ्गेलले बताउनुभयो ।
कार्यक्रममा एफडब्लुएलडीकी संस्थापक अधिवक्ता मीरा ढुङ्गानाले नागरिकताका विषयमा राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले राज्य संवेदनशील नहुँदा नागरिकले समस्या भोग्नुपरेको बताउनुभयो ।