नारायणघाट–मुग्लिन सडकः अहिले अवरुद्ध छैन

0
113

चितवन, वैशाख २ – पहिलो खसेपछि अवरुद्ध भएको नारायणघाट–मुग्लिन सडकखण्डमा अहिले सामान्य रुपमा गाडी चलेका छन् । शुक्रबार राति ८ बजेतिर चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि राति साढे ११ बजेदेखि बाटो खुलेको चितवन प्रहरीले जनाएका छन् । त्यसअघि शुक्रबार बिहान त्यही ठाउँमा पहिरो खसेका कारण अवरुद्ध भएको बाटो दिउँसो खुलेको थियो ।

पहिरो खसेको ठाउँ नारायण–मुग्लिनबाट चार किलोमिटर नारायणघाटतर्फ पर्छ । सडक स्तरोन्नतिका क्रममा विस्तारका लागि भित्तो काटिएपछि केही दिनयता यो ठाउँमा पटक–पटक पहिरो खसिरहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here