नावालिका छोरी सहित युवक बेपत्ता

0
96

विराटनगर, २७ जेठ । मोरङको रंगेली ववियाविर्ता घर भइ विराटनगर ३ पोखरियामा बस्दै आएका एक युवक ४ वर्षीय नावालिका छोरी सहित १२ दिनदेखि बेपत्ता भएका छन् । ३१ वर्षीय दीपक आचार्य छोरी दक्षिणालाई लिएर बेपत्ता भएका हुन् । दीपककी पत्नी तुलसा भण्डारी आचार्यले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै बेपत्ता पतिको खोजीका लागि सहयोग गरिदिन सबैमा आग्रह गर्नु भएको छ । आचार्य दम्पत्तीले विराटनगरको कलेज रोडमा प्रिन्टेक छापा खाना संचालन गर्दै आएका थिए । तुलसाका अनुसार दीपक छोरी सहित यही जेठ १५ गतेदेखि बेपत्ता भएका हुन् । तुलसाका अनुसार आफूलाई विसन्चो भएकाले बोर्डिङ गएकी छोरीलाई ल्याएर घरमै आराम गरेर बस्छु भन्दै दीपक दिउँसो तीन बजेतिर छापा खानाबाट निस्किएका थिए । साँझ घरमा पुग्दा दीपकलाई नभेटेपछि आफू अचम्ममा परेको तुलसाको भनाइ छ । भोलीपल्ट छापा खाना आउँदा पनि आफूले पतिलाई नभेट्टाएको उहाँको भनाइ छ । ‘त्यसपछि निरन्तर खोजी गरिरहे पनि अहिले सम्म भेट्टाउन सकिएको छैन,’ तुलसाले भन्नु भयो, ‘खोजीका लागि प्रहरीमा निवेदन दिएर सबै आफन्तलाई जानकारी गराइसक्दा सम्म कहीं फेला पर्न सकिरहेकी छैन ।’ पति दीपक बेपत्ता भएकै दिनदेखि छापा खानामा काम गर्ने पूर्व कर्मचारी विराटनगरको केसलिया रोडकी संगीता सोनकर समेत बेपत्ता भएको तुलसाको भनाइ छ ।
……………………..

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here