निजी कम्पनीहरुलाई उत्तर कोरियामा लगानी गर्न दिने अमेरिकी संकेत

0
49

बैशाख ३१ । अमेरिकाले आफ्नो देशका निजी कम्पनीहरुलाई उत्तर कोरियामा लगानीका लागि खुल्ला गर्ने संकेत गरेको छ ।अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजसँगको अन्तरवार्तामा विदेशमन्त्री माईक पोम्प्योले उत्तर कोरिया पूर्ण रुपमा आणविक रुपमा निशस्त्र भएको खण्डमा निजी क्षेत्रलाई लगानीका लागि अनुमति दिने तयारी भएको बताउनुभएको हो । गत साता उत्तरको भ्रमणमा पुगेका विदेशमन्त्री माईक पोम्प्योले उत्तर कोरियाको आर्थिक समृद्धिमा सहयोग गर्ने प्रतिबद्धता गरेलगत्तै उहाँको यस्तो अभिव्यक्ति आएको हो । उर्जा र कृषि क्षेत्रमा लगानी गर्नसक्ने संकेत गर्दै विदेशमन्त्री पोम्प्योले यसले उत्तर कोरियाली नागरिकको जीवनस्तर उकास्न र स्वस्थ जीवन जिउन समेत सहयोग गर्ने बताउनुभएकोे जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here