निर्माणाधीन आयोजनाको सुरुङबाट बाढी पस्दा २८ रोपनी खेत बगायो

0
87

पाँचथर, २४ साउन । पाँचथरको निर्माणाधीन तल्लो हेवा जलविद्युत आयोजनाको सुरुङबाट बाढी पस्दा कृषकको २८ रोपनी खेत बगाएको छ । वाढीले फिदिम नगरपालिका–४ का दिलकुमार यक्पाङदेन र हिलिहाङ गाउँपालिका–७ का लक्ष्मीकुमार तामाङको खेत बगाएको हो । सुरुङबाट पसेको बाढीले जलविद्युत आयोजनाको अडिट एरियादेखि सिधै मुनि रहेको यक्पाङदेनको मात्र करिब २१ रोपनी खेत बगाएको हो । भर्खरै धान रोपेको खेत बगाएपछि किसान चिन्तित बनेका छन् । उनीहरुले आयोजना निर्माण कम्पनी माउन्टेन हाइड्रोले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । यसैबीच, रानीटार र लुङरुपाको सीमाना भएर बग्ने आप्पा खोलाको मुहानमा बाढी पस्दा फिदिमबासी धमिलो पानी पिउन बाध्य छन् । यस्तै, गएराति परेको अविरल वर्षाले पाँचथरको फिदिम नगरपालिकास्थित नाम्दुखोलामा निर्माण गरिएको पुल बगाउँदा रानीटार र लुङरुपाबाट सदरमुकामको सम्पर्क बिच्छेद भएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here