निषेधित वन क्षेत्र उत्खनन् गर्दै ढुंगा तस्करी

विराटनगर, १८ साउन । निषेधिन वन क्षेत्रमा अवैध रुपमा उत्खनन् गर्दै उत्तरी मोरङका विभिन्न स्थानबाट धमाधम ढुंगाको तस्करी भइरहेको खुलेको छ ।

दिउँसो प्रहरी र वन कर्मचारीलाई छल्न नसकिने भएपछि रातको समयमा तस्करी गर्ने गिरोह सक्रिय हुने थालेको छ । केराबारी गाउँपालिका–८ स्थित खदम खोला आसपासको वन क्षेत्रमा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले आज बिहान चारवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

बिहानका राति २ बजे तस्करी गर्न ढुंगा लोड गर्दै गरेको अवस्थामा ट्रयाक्टर नियन्त्रणमा लिइएपछि रातको समयमा अवैध उत्खनन् मौलाएको पुष्टि हुन्छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक ऋषिराज ढकालको नेत्रृत्वमा खटिएको प्रहरी टोलीले प्रहरीले को २ त ६७५७, ९८१२, ७०७८ र ७१२५ नम्बरका ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको ट्रयाक्टर आवश्यक कारबाहीका लागि प्रहरीले आज नै वन कार्यालयमा बुझाएको छ । नियन्त्रणमा लिन प्रहरीले घेरा हालेको चाल पाएर ढुंगा तस्करीमा संलग्नहरु भने फरार भएको र उनीहरुको खोजी तीव्र बनाइएको ढकालले बताउनु भयो ।

शव डिभिजन वन कार्यालय केराबारीका प्रमुख विक्रम अमात्यले वन क्षेत्रलाई निषेधित मान्दै कानुनले उत्खनन्का लागि पूर्ण रुपमा रोक लगाएको बताउनु भयो । प्रहरीले पक्राउ गरेर बुझाएका ट्रयाक्टरमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उहाँले प्रहरीसँग समन्वय गरेर ट्रयाक्टर नम्बरका आधारमा तस्करीमा संलग्नको पनि खोजी भइरहेको बताउनु भयो ।

तस्करीमा संलग्न गिरोलाई नियन्त्रणमा लिइसकेपछि वन ऐन २०७६ अनुसार कारबाही अघि बढाइने अमात्यको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button