नेकपाको कार्यदलले सचिवालय बैठकमा बुझायो नियमावली प्रतिवेदन

0
128

पार्टी विधान अन्तर्गतको नियमावली बनाउन गठित नेपाल कम्युनिष्ट पार्टीको तीन सदस्यीय कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन सचिवालय बैठकमा पेश गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकमा कार्यदलले नियमावलीको लागि मस्यौदा पेश गरेको हो ।मस्यौदाबारे सचिवालय बैंठकमा छलफल भए पनि अन्तिम टुंगो भने लाग्न सकेन ।बैंठकपछि प्रवक्ता नारयणकाजी श्रेष्ठले कार्यदलले पेश गरेको नियमावली मस्यौदाको अध्ययनपछि चाँडै अन्तिम रुप दिने बताए ।बैठकमा समसामयिक राजनीतिक र सांगठनिक विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् । कार्यदलमा बामदेव गौतम, विष्णु पौडेल र रामबहादुर थापा छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here