Tune to BFM 91.2|Biratnagar

नेकपाको विराटनगरमा प्रदर्शन

विराटनगर, १४ पुस । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरुद्ध नेकपा (प्रचण्ड–नेपाल) समूहले मंगलबार विराटनगरमा प्रदर्शन गरेको छ । वीरेन्द्र सभागृहबाट सुरु भएको जुलुसले नगर परिक्रमा गरि जनआन्दोलन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेकपाका प्रदेश १ का इञ्चार्ज एवं स्थायी कमिटी सदस्य भीम आचार्यले प्रतिनिधिसभा विघटनले लोकतन्त्र कमजोर भई मुलुकको समृद्धि कायममा अवरोध सिर्जना भएको बताउनुभयो । उहाँले लोकतन्त्र र गणतन्त्रको स्थायीत्वका लागि संसद् पुनस्र्थापना हुनुपर्नेमा जोड दिनुभयो । आचार्यले भन्नुभयोे,‘ विधि, विधान , कानून अनुसार सञ्चालन भएको पार्टीको निर्णय सवैले मान्नु पर्छ ।’

नेकपाका केन्द्रीय सदस्य तथा निर्वतमान सामाजिक विकास मन्त्री जीवन घिमिरेले संविधानमा संसद् विघटनको अधिकार कसैलाई नभएको चर्चा गर्नुभयोे । प्रतिनिधिसभा विघटनबाट जनता चिन्तित भएको उनले बताए ।

संविधानसभा सदस्य अमनलाल मोदीले संविधान अनुसारको सर्वाेच्च अदालत र निर्वाचन आयोगले संविधान विपरितका निर्णय गरे नागरिकले पनि मान्नुपर्छ भन्ने छैन भन्नुभयो । विरोध सभामा नेकपा केन्द्रीय सदस्यहरु शिवकुमार मण्डल, महेश रेग्मी, गोपी अछामी, नेताहरु भोगेन्द्र यादव, गणेश उप्रेती लगायतले संसद विघटन स्विकार्य नभएकोले सडकमा आउनु परेको बताउनुभयो ।

उनीहरुले संसद पुनस्र्थापनाका लागि निरन्तर खवरदारी गरिरहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button