Tune to BFM 91.2|Biratnagar

नेकपाद्वारा सुरक्षाकर्मीहरुका लागि एक सय थान (पिपीई) प्रदान

विराटनगर, ५ वैशाख । नेपाल कम्यूनिस्ट पार्टी(नेकपा) मोरङले जिल्लामा कार्यरत सुरक्षाकर्मीहरुलाई कोभिड–१९ को सङक्रमणबाट बचाउनका लागि आज व्यक्तिगत सुरक्षा उपकरण (पिपीई) प्रदान गरेको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एक सय थान पिपीई हस्तान्तरण गर्नु भयो ।प्रदान गरिएका पिपीईमा ५० थान सशस्त्र प्रहरी र ५० थान नेपाल प्रहरीमा अगाडि क्षेत्रमा कार्यरतहरुलाई सुरक्षाका लागि वितरण गरिने छ।

सो अवसरमा प्रजिअ भुजेलले लकडाउन कार्यान्वयन गर्न २४ घण्टा कार्य गर्ने सुरक्षाकर्मीहरुलाई सङक्रमण सुरक्षित बनाउन उपकरणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

नेकपाका जिल्ला अध्यक्ष पोखरेलले उच्च जोखिममा रही कार्य गर्नु परेका सुरक्षाकमीहरुलाई पिपीई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पार्टीमा रहेका साथीहरुको क्रियाशिलताबाट सहयोग सम्भव भएको र आगामी दिनमा थप सुरक्षाका उपकरण प्रदान गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button