Tune to BFM 91.2|Biratnagar

नेकपा एक हुने संभावना छैन : नेता वस्नेत

विराटनगर १ माघ । नेकपा केन्द्रीय सदस्य महेश वस्नेतले नेकपा जोडिने संभावना नभएको बताउनु भएको छ । राजनीतिक रुपमा विभाजित भएपनि एक हुन संभावना नरहेको उहाँले बताउनुभयो ।

विराटनगरमा आज राष्ट्रिय युवा संघ मोरंगले युवा कार्यकर्ता सहित आयोजना गरेको पत्रकार सम्मेलनमाम उहाँले नेकपाबाट एउटा समूह मात्र अलग भएको दावी गर्नुभयोे । नेता वस्नेतले भन्नुभयोे,‘ माउसुलीको पुच्छर झरेपछि जोडिदैन ।’

जनमत टुटेर जानेको पक्षमा नरहेको उहाँले बताउनुभयो । दाहाल–नेपाल समूहमा कार्यकर्ता अभाव रहेको उहाँको भनाई छ । कार्यकर्ता कम भएपछि नयाँ–नयाँ जुलुस निकालिएको उनको दावी छ । नयाँ जुलुस भएर मिडिया कभरेज भएको उहाँले बताउनुभयो । प्रदेश संरचनाको नयाँ अभ्यास भएपनि खासै प्रभावकारी नदेखिएको उहाँले बताउनुभयो । स्थानीय र केन्द्र जस्तो नभएकाले यसलाई अझै कमजोर बनाउनुपर्ने धारणा उहाँको छ ।

संसद पुर्नस्थापना हुन नसक्ने उहाँले जिकिर गर्नुभयोे । उहाँले भन्नुभयोे,‘संसद पुर्नस्थापना हुनु भनेको जनमत अस्वीकार गर्ने कुरा हो ।’ नेपालको राजनीति ‘ह्याङ’ भएकाले ‘रि–स्टार्ट’मा जानु परेको नेता बस्नेतको भनाई छ । प्रचण्ड र माधव नेपाल निर्वाचनमा जान डराएको उहाँले बताउनुभयो । चुनाव हारिने डरले संसद पुर्नस्थापना भन्दै हिँडेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button