नेकपा एमाले द्वारा झापाकाे ६ नगर पालिका र तीन गाउँपालिकाकाे उमेदवार तय

0
317
झापा, १० जेठ । झापा जिल्लाकै पहिलो पार्टी नेकपा एमालेले झापाको तीन गाउँपालिका र ६ वटा नगर पालिकामा अध्यक्ष तथा मेयर र उपाध्यक्ष तथा उपमेयर पदका उमेदवार तय गरेको छ ।

एक नम्बर प्रदेश कमिटीको हिजो राति अबेरसम्म बसेको बैठकले उम्मेदवाहरु तय गरेको हो । एमाले एक नम्बर प्रदेशको हिजो बसेको बैठकले भद्रपुर नगरपालिकाको मेयरमा जीवन कुमार श्रेष्ठ र उप मेयरमा चन्दा श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी, दमकको मेयरमा रोमनाथ ओली र गौरादहको मेयरमा मदन अधिकारीलाई उमेदवार बनाउने गरी तय गरेको छ । एमाले झापा अध्यक्ष चिन्तन पाठकलाई बुद्धशान्ति नगर पालिकाको मेयर र उपमेयरमा मीना भूर्तेललाई उठाउने निर्णय गरेको छ । कमल नगरपालिकाको मेयरमा मेनुका काफ्ले र उपमेयरमा वेणु शिवाकोटीलाई उठाउने निर्णय गरेको छ । अर्जुनधारा नगरपालिकामा हरि राना र उपमेयरमा कमला आचार्यलाई तय गरेको छ । पाँच गाउँपालिका मध्ये केचनकवल र झापामा सर्वसम्मत उमेदवार तय भई सकेको छ ।

केचनकवलमा शेरबहादुर खत्री र धनमाया दाहाललाई अध्यक्ष र उपाध्यक्षमा उमेदवार बनाउने सर्वसम्मत भइसकेको छभने झापा गाउपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली र उपाध्यक्षमा कुन्ती बुढाथोकीलाई उमेदवार बनाउने त्यहाँबाट सर्वसम्मत निर्णय भएको छ । बाह्रदशी गाउँ पालिकाको अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमलालाई उपाध्यक्षमा उमेदवार बनाउने तय भएको बुझिएको छ । नेकपा एमाले एक नम्बर प्रदेश कमिटीले मेचीनगर, विर्तामोड, कन्काई, शिवसताक्षी नगरपालिका र गौरीगञ्ज तथा हल्दिवारी गाउँपालिकाको उमेदवार भने केही दिनपछि टुङ्गो लगाउने थाहा भएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here