नेकपा विराटनगरका सदस्यको सपथ ग्रहण

विराटनगर, २२ फागुन । नेकपा विराटनगर महानगरपालिकाको ६ वडाका कार्यसमिति सदस्यहरूले सपथ ग्रहण गरेका छन् । नेकपा विराटनगर महानगर कमिटि विराटनगरले रानी युवा क्बलमा बिहीबार एक कार्यक्रम आयोजना गरि निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतको विराटनगर १३, १४, १५, १६, १७ र १८ नम्बर वडाका कार्यसमितिहरूले सपथ ग्रहण गरेका हुन् ।

समितिका पदाधिकारीहरूलाई नेकपाका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाको इन्र्चाज शिवकुमार मण्डलले वडाका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभयो । कार्यक्रममा नेकपा विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा, सचिव हेम कार्की, सदस्य नमिता न्यौपानेलगायतका नेताहरूको सहभागिता थियो ।

नेकपा विराटनगर १३ नम्बर वडाको अध्यक्षमा राज कर्ण, सचिवमा दिपक खड्का सहित ४७ सदस्य छन् । यस्तै १४ को अध्यक्षमा बौवा तामाङ्ग, सचिवमा राजकुमार मेहतासहितका ४१ सदस्य कमिटि रहेको छ । वडा १५ मा ज्ञानबहादुर राई अध्यक्ष र सचिवमा हरेराम ठाकुरसहित ४७ सदस्यले सपथ लिएका छन् ।

१६ नम्बर वडाको अध्यक्षमा विक्रम माझी र सचिवमा अनिल सुब्बासहित ४५ जना र वडा १७ को अध्यक्षमा समिम मियाँ गोरे र सचिवमा हमिम अजाजसहित ३८ जनाले सपथ लिए । १८ नम्बर वडाको अध्यक्षमा अविनाश मण्डल र सचिवमा पर्शुराम ठाकुरसहित ४३ जनाको समिति सदस्यहरुले सपथ लिएको महानगरकमिटी अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।

यस्तै वडा इन्चार्ज र सह–इन्चार्जहरुमा क्रमश १४ मा सुर्यनारायण महतो र सुनिता श्रेष्ठ, १५ मा मनोज खड्का र प्रदिप शाही तथा विरेन्द्र धाडेवाल चयन हुनुभएको छ । यस्तै वडा १६ मा इन्चार्ज प्रल्हाद बस्नेत र सह–इन्र्चाज रञ्जित मण्डल, १७ को इन्चार्जमा पुजन निरौला र सह–इन्चार्जमा भक्त श्रेष्ठ, सिकन्दर आलम, समिम मियाँ चयन हुनुभएको छ ।

वडा – १८ को इन्चार्जमा भने भुवनेश्वर यादव र सह–इन्चार्जमा लिलानन्द मण्डल रहनुभएको छ । महानगरकमिटी अध्यक्ष थापाका अनुशार शुक्रबार मोरङ क्षेत्र नं. नम्बर ४ अन्तर्गतका १,२, ३, ८, १० र १९ नम्बर वडाको सपथ ग्रहण तीनपैनी हुने भएको छ । यस्तै ६ नम्बर निर्वाचन क्षेत्रको ७ वटा वडाको पाञ्चाली स्थित पार्टी कार्यालयमा सपथग्रहण हुने अध्यक्ष थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button