नेकपा सचिवालय बैठक जारी, नियमावली टुंगो लगाउने तयारी

0
227

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा पार्टीको नियमावलीमाथि छलफल जारी छ । बुधबारको बैठकले नियमावली टुंगो लगाउने अनुमान छ । नियमावली नहुँदा पार्टीको सांगठनिक एकीकरण प्रक्रियाले गति लिन सकेको छैन । आज नियमावली पारित भएपछि तत्कालीन एमाले र तत्कालीन माओवादीका जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रियालाई तीव्रता दिइने नेताहरुले बताएका छन् । यसअघि मंगलबारको बैठकमा नियमावलीमाथि छलफल भएपनि कुनै निष्कर्ष निस्किएको थिएन । पार्टीको विधान तथा नियमावली बनाउन महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यद्वय बेदुराम भुसाल र देव गुरुङ तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here