Tune to BFM 91.2|Biratnagar

नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

विराटनगर २६ असार । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ ।

बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।

उहाले ट्वीटरमा ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरीएको लेख्नुभएकोछ ।

नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक किचलो उत्कर्षमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button