नेकपा स्थायी कमिटी बैठक साउन ६ गते सम्मका लागि स्थगित

विराटनगर, ४ साउन । नेकपा स्थायी कमिटीको आज बस्ने भनिएको बैठक पुनः स्थगित भएको छ । बैठक साउन ६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ ।

आज ३ बजेका लागि तय भएको बैठक विज्ञप्ति निकाल्दै स्थगित भएको जानकारी दिइएको छ । बैठक के कारण स्थगित भएको भन्ने बारे खुलाइएको छैन् । यसअघि हिजो बसेको पार्टीको सचिवालय बैठकले पनि विवाद समाधान गर्न सकेन।

सहमतिका लागि भन्दै सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरि स्थायी कमिटीमै विवाद समाधानको प्रयास गरिने बताइएको थियो ।

गत असार १० गते देखी सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेनुभउका पार्टी अध्यक्ष ओलीको राजीनामाको विषय उठेसँगै बैठक प्रभावित हुंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button